गर्भवती भएको पत्तो महिलालाई नै नहुने प्राय असम्भव जस्तै छ । तर, अफगानिस्तानमा कार्यरत एक बेलायती महिला सैनिकलाई यस्तै भएको छ । उनले हालै मात्र हेलमन्द प्रान्तका बच्चा जन्माएकी छिन् तर, अन्तिम समयसम्म पनि उनलाई आमा बन्दै गरेको थाहा थिए । रोयल आर्टिलरीमा तोप चलाउने सैनिक ती महिलाको नाम बेलायती रक्षा मन्त्रालयले गोप्य राखेको छ । उनले पेट दुखेको भनेपछि अस्पताल लैजाँदा उनले बच्चा जन्माएको मन्त्रालयले जनाएको छ । उनी गत मार्चमा अफगानिस्तानमा तैनाथ भएका हुन् । चिकित्सकहरुका अनुसार केही महिलामा मात्र यस्तो हुने गरेको छ । सामान्यता गर्न रहेपछि महिलाहरुको मिन्स हुँदैन । अधिकारीहरुका अनुसार लडाई खटिएको बेला बेलायती सैनिकले बच्चा जन्माएको यो पहिलो पटक हो । २००३ देखि हालसम्ममा कार्यक्षेत्रमा गर्भवति भएका करिव २ सय महिला सैनिकलाई इराक र अफगानिस्तानबाट फर्काइएको छ । गर्भवति महिलालाई लडाईमा पठाइदैन ।